Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा आजबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

लोकतन्त्र खबर
४ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र ४
लामो समयदेखि प्रतिक्षामा रहेको राष्ट्रिय परिचयपत्र वितरण कार्य जिल्ला प्रशासन कार्यालय मलंगवामा सुरु भएको छ।आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालय मलंगवा स्थित आफ्नो कार्यकक्षमा सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरि कार्यको सुरुवात गर्नुभएको छ ।
व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिइ बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्न जिल्लामा व्यक्तिगत विवरण संकलन गर्ने कार्य यसअघिदेखि नै हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्: