Loktantra Khabar National Weekly
Ad

सुन प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता

लोकतन्त्र खबर
३ भाद्र २०८०

काठमाडौं भदौ ३ ,  ६० किलो सुन बरामद प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको हो ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।

त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्: