Loktantra Khabar National Weekly
Ad

प्रतिनिधि सभाको बैठक बस्दै

लोकतन्त्र खबर
३ भाद्र २०८०

लोकतन्त्र समाचारदात–
काठमाडौं,भाद्र ३
आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ । यसैगरी आइतबारको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: