Loktantra Khabar National Weekly
Ad

१९ राउण्ड गोलीसहित वीरगन्जमा भारतीय युवक पक्राउ

लोकतन्त्र खबर
८ श्रावण २०८०
पर्सा । शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक जना भारतीय युवक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात् झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: