Loktantra Khabar National Weekly
Ad

हत्या अभियोगमा एक भारतीय जेल चलान

लोकतन्त्र खबर
८ श्रावण २०८०

सर्लाही — सर्लाहीको हरिपुर्वामा एक भारतीय नागरिकको हत्या गरेको आरोपमा अर्का एक भारतीय नागरिक आइतबार कारागार चलान भएका छन् । सोही अभियोगमा संलग्न अन्य ४ भारतीय अझै फरार छन् । 

हत्या अभियोगमा पक्राउ परेका भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २६ वर्षीय राजेश महतो सुढीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत वैशाख २७ गते हरिपुर्वा नगरपालिका–१ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–९ का २७ वर्षीय शेखर सन भनिने सिकु कुमारको घाँटी काटी विभत्स हत्या गरिएको थियो । हत्यापश्चात अनुसन्धानमा जुटेको प्रहरीले जेठ १० गते सुढीलाइ नियन्त्रणमा लिएको थियो ।

भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भई मनमुटाव हुँदा सुढीले योजनाबद्घ तरिकाले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न अन्य ४ जना भारतीय नागरिक अझै फरार छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्: