Loktantra Khabar National Weekly
Ad

स्वास्थ सेवालाई जनमुखि बनाउन ६ अर्ब बजेट बिनियोजन गरेको छु, अर्थ मन्त्री यादव

लोकतन्त्र खबर
७ श्रावण २०८०

बखतियार अलि–
स्वास्थ सेवालाई जनमुखि बनाउन ६ अर्ब बजेट बिनियोजन गरेको मधेश प्रदेशका अर्थ मन्त्री संजय यादवले बताउनु भएको छ । मधेश प्रदेशमा रहेका आठै जिल्लामा रहेका प्रादेशिक अस्पतालहरूलाई स्तरउन्नतीका लागि प्रदेश सरकारले २०(२० करोड रूपैया बिनियोजन गरेको मन्त्री यादवले थप्दै भने ।

प्रदेश सरकारले जनतालाई अनुभुती हुने गरि स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा अगाडि बढाउने मन्त्री यादवको भनाइ छ । प्रादेशिक अस्पताल मलंगवालाई प्रदेशकै नम्बर १ सुविधा सम्पन्न अस्पताल बनाउने हिसाबले बजेट बिनियोजन गरेको अर्थ मन्त्री यादवले बताउनु भएको भयो ।

अर्थ मन्त्री यादवले कार्यभार सम्हाले देखि जनताको आधारभुत आवशयकता मध्येका सरकारी अस्पतालहरूको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न प्रादेशिक अस्पताल मलंगवाको अनुगमनको क्रममा वहाले यो कुरा बताउनु भएको हो । आईतवार मन्त्री यादवले सर्लाहीका प्रादेशिक अस्पताल मलंगवाको उपचार सेवाबारे बुझ्न अस्पतालबाट प्रवाह हुने सेवाहरूको स्थलगत अनुगमन तथा निरिक्षन गरेको थियो ।

मन्त्री यादवले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजी, जेनरल सेवा, एकसरे लगायत प्रसुती गृह तथा बिरामी वार्डको अवलोकन गरेका छन् । मन्त्री यादवले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमन पछि सरसफाइमा सुधार गर्न निर्देशन दिए ।

प्रादेशिक असपताल मलंगवाका मेसु डा. नवलकिशोर झा लाई मन्त्री यादवले ई– हाजिरी यसै साता देखि सुरू गर्न, असपतालको आफनै फार्मेसी संचालन गर्न तथा अस्पतालको सेवा सुविधा जनताले पाएको छ, छैन यसको प्रतीवेदन प्रदेश सरकारलाई बुझाउन मन्त्री यादवले मेसु झालाई निर्देशन दिनु भयो ।

प्रादेसिक अस्पताल मलंगवालाई सय बेडमा रूपान्तरण गर्न ठेक्का प्रकृया अगाडि बढाउन पनि मन्त्री यादवले निर्देशन दिनु भएको हो । चालू आ. व. मा प्रदेश सरकारले प्रादेशिक अस्पताल मलंगवाको लागि २० करोड भन्दा बढि बजेट छुटयाई सकेकोले बजेटलाई पुर्न रूपमा सदुपयोग गर्न असपताल प्रशासनलाई मन्त्री यादवले सुझाव दिएका छन ।

सर्लाही जिल्लाका कुनैपनि बिरामीलाई उपचारको लागि बाहिर जान नपरोस भनेर हामिले योजनाहरू ल्याएको उनको भनाई थियो ।

अस्पतालका चिकित्सकहरूको समस्या र निदानको बिषयमा पनि वहाले अस्पतालमा कार्यरत चिकित्सकहरू संग छलफल गर्दै तपाईं जनतालाई राम्रो सेवा दिनु अस्पताल कर्मचारीको सबै समस्या हामिले समाधान गरिदिने मन्त्री यादवको भनाइ थियो । चालू आर्थिक बर्षमै फुलफेजमा प्रादेशिक अस्पताल मलंगवा संचालन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको वहाले दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: