Loktantra Khabar National Weekly
Ad

मलंगवा नगरपालिकाको नवौं नगर सभाबाट नगरको गतिविधि तथा कार्यक्रमहरु सार्वजनिक

लोकतन्त्र खबर
३० पुष २०७९

मनोज यादव—-
सर्लाही,पुस ३०
नगर प्रमुख नागेन्द्र प्रसाद यादवले शुक्रवार सम्पन्न भएको मलंगवा नगरपालिकाको नवौ नगर सभाबाट चालु आर्थिक वर्ष २०७८/०८० को लागि संशोधित नगरको वार्षिक गतिविधि तथा कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ ।

उहाँले आफ्नै अध्यक्षतामा सम्पन्न भएको नगरसभामा सो कार्यक्रमहरु सार्वजनिकहरु सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा  मलंगवा नपा को मौलिक पहिचान र सकारात्मक संदेश प्रवाह गर्न नगरगान निर्माण गरि सार्वजनिक गरेको जानकारी गराउँदै उहाँले उक्त संदेशमूलक गीतले हामीमा सधै आफू र आफ्ना जन्मस्थान प्रति सकारात्मक भावना उजागर हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

नगर प्रमुख यादवले लामखुट्टे विरुद्धको विषादी छर्किने र शितलहरलाई मध्येनजर गर्दै पालिकाको आन्तरिक श्रोतबाट चौक-चौकमा दाउरा वितरण गर्ने काम गरिसकेको जानकारी गराउनुभयो।नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरबाट वडा न-२ मा निर्माण सम्पन्न गरि हस्तान्तरण गर्न अनुरोध भए अनुसार नयाँ बसपार्क संचालनमा ल्याउने गरि स्वामित्व लिने तयारी भएको उहाँले बताउनुभयो।साथै उहाँले मलंगवा बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा पहिलो चरणमा पुर्वाधार विकास गरि डुङ्गा संचालन गर्न परिक्षण प्रारम्भ गर्ने तयारी भइरहेको, पुर्व पश्चिम राजमार्गको नवलपुर खण्ड, मुसैली सिमा र झिम नदी नजिकबाट मलंगवा नपाको प्रवेश बिन्दुहरुमा स्वागतद्वारहरु निर्माण गर्ने योजना रहेको जसका लागि तत्कालै डिजाइन तयार गर्ने निर्णय भएको र सोको निर्माणकार्यका लागि स्रोतको खोजी गर्ने नगर प्रमुख यादवले जानकारी गराउनुभयो ।

नगरपालिकाले जग्गा वर्गीकरणको कार्य सम्पन्न गर्न सेवा परामर्श खरिद गरि प्रक्रिया समेत अगाडी बढाएको उक्त कार्यक्रम मार्फत  उहाँले जानकारी गराउनु भयो । यस पालिकाले आफ्नो गतिविधिहरुसहित सूचना, संदेश, विकास निर्माण तथा सामाजिक क्षेत्रका अन्य प्रवर्द्धनात्मक विषयहरु समेटेर रेडियो नेपालको बर्दिबास प्रशारण केन्द्रबाट मासिक रुपमा “हाम्रो मलंगवा,प्यारो मलंगवा” नामक कार्यक्रम प्रशारण गर्ने व्यवस्था मिलाइएको छ।जसको पहिलो प्रशारण पुस २८ गते अपरान्ह ४ बजे भइसकेको नगर प्रमुख यादवले अवगत गराउनु भयो ।

नगरको मुख्य बजार क्षेत्रको सडकलाई चौडा गरेर पक्की सडक निर्माण गर्न लागिएकोले यस कार्यमा सहयोग गर्न सम्पूर्ण नगरबासीहरु सँग उहाँले अनुरोध समेत गर्नु भएको छ । नागरिकका चाहना र आवश्यकता परिपुर्ति गर्ने अभिभारा र नगरका योजनाहरुको प्रभावकारी कार्यान्वयनमा नगरपालिकाको मात्र प्रयास पर्याप्त नहुने भएकोले यसका लागि संघ तथा प्रदेश सरकारको आड ,भरोसा र विकास साझेदारहरुको सहकार्य आवश्यक रहेकोले यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेको यादवले बताउनुभयो ।

नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको कार्यक्रममा।प्रमुख प्रसासकिय अधिकृत गेहनाथ गौतम,राजकुमार अधिकारी,रामपुकार राय,जमसेद मिकरानी,१२ वटै वडाका वडाअध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य, कर्मचारी लगायत स्थानीयबासी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

Manoj yadav
प्रतिक्रिया दिनुहोस्: