Loktantra Khabar National Weekly
Ad

सहारा मल्टिपर्पसको १९औं वार्षिक साधारणसभा सम्पन्न

लोकतन्त्र खबर
३० पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही, पुस ३०

सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.वसी अहमद मिकरानीको अध्यक्षता एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशक किशोर सिंहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मिकरानीले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १९औं साधारणसभासम्म आइपुग्दा सदस्य तथा कर्मचारीहरुको सक्रिय सहभागिताले आर्थिक कारोबारमा सन्तोषजनक प्रगति गर्न सकेकको बताए ।संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले गत आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको कुल शेयर पुँजी रु ४ करोड ५९ लाख ७ हजार ५ सय रुपैया रहेकोमा आ.व २०७८/०७९ सम्ममा रु ४ लाख ३९ हजार ६ सय रुपैयाले वृद्धि भई कुल शेयर पुँजी ४ करोड ६३ लाख ४७ हजार १ सय रुपैया रहेको जानकारी गराए।साथै जगेडा कोषमा १० लाख ४७ हजार ४ सय ४८ रुपैया रहेको उनले बताए ।सदस्यहरुबाट प्रदान गरिएको निक्षेपको रकम आ.व ०७७/०७८ मा रु ६७ करोड ५ लाख २५ हजार १ सय २६ रुपैया रहेकोमा  आ.व ०७८/०७९ सम्ममा रु ४ करोड २३ लाख५३ हजार ७ सय ६ रुपैयाले वृद्धि भइ  कुल निक्षेप रकम ७१ करोड २८ लाख ७८ हजार ८ सय ३३ रुपैया रहेको उनले बताए ।देशव्यापी रुपमा तरलताको कमीलाई मध्येनजर गरि संस्थाले गर्नुपर्ने आयमुलक कार्य नगरि तरलता कायम राखेकोले लक्ष्य अनुसारको प्रतिफल प्राप्त नभए पनि यस आ.ब मा संस्थाले १५ लाख ४७ हजार ५ सय ७५ रुपैया ३१ पैसा नाफा आर्जन गरेको अध्यक्ष मिकरानीले जानकारी गराए ।

जि.स.स.सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा,पुर्व सांसद भिखारी मंसुर,संस्थाका उपाध्यक्ष नागेन्द्र प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमको अवसरमा प्रधान कार्यालय लगायत सेवा केन्द्रहरु बरहथवा,हरिवन,गोडैता र पर्साका असल श्रृणी,बचतकर्ता र निक्षेप संकलनकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।सोही अवसरमा सर्लाही जिल्लाको आर्थिक,सामाजिक र सहकारीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई समेत संस्थाले सम्मानित गरेको मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिए ।

मलंगवा वडा न-१० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा संचालक समितिका सदस्य,शेयर सदस्य,कर्मचारी,बचतकर्ता लगायत पत्रकारहरुको उपस्थिति रहेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: