
लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ३०
सामुदायिक दिगो विकास सेवा समाज मलंगवा सँगको समन्वयमा सर्लाही जिल्ला स्थित विपद् व्यवस्थापन समितिले बसबरीया गाउँपालिकामा न्यानो कपडा वितरण गरेको छ ।
समितिले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा शुक्रवार एक कार्यक्रमको आयोजना गरि शीतलहरबाट प्रभावित स्थानीयबासीहरुलाई १५० थान ज्याकेट र १५० थान ट्राउजर वितरण गरेको सामुदायिक दिगो विकासका अध्यक्ष विरेन्द्र गुप्ताले जनाएको छ ।
प्रहरी चौकी बसबरियामा सम्पन्न भएको वितरण कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदी ,सशस्त्र प्रहरी उपरीक्षक भरत खानिया,सामाजिक विकास केन्द्रका संयोजक राजिव कुशवाहा,बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद,वडा न-१ का वडाअध्यक्ष शिवेन्द्र यादव लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: