Loktantra Khabar National Weekly
Ad

बरहथवाका समाजसेवीले गोडैताका शितलहर पिडित एकल महिला तथा विपन्न परिवारलाई न्यानो कम्बल र ज्याकेट बाँडे

लोकतन्त्र खबर
२७ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही, पुस २७

शितलहर तथा चिसोलाई मध्येनजर गर्दै सर्लाहीको बरहथवा नगरपालिका वडा न-५ निवासी एक स्थानीय समाजसेवी जगरनाथ साहले १२३ परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।

साहले  गोडौता नगरपालिका वडा न-४ का अतिविपन्न दलित, जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई चिसो छल्न ज्याकेट र कम्बल वितरण गरेका हुन् । चिसो मौसममा आफुहरुको समस्यालाई बुझेर न्यानो कपडा वितरण गरेर समाजसेवी साहले ठुलो गुण लगाएको   योगेन्द्र राम चमारले  बताए। चिसोले रातभरि सुत्न नसकेको अवस्थामा  ओढ्नको लागि न्यानो कम्बल पाए पछि अब आफुहरु राम्रोसँग सुत्न सक्ने भएको उनले खुसी हुँदै सुनाए ।

शितलहरको कारण यतिबेला तराईको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्: