Loktantra Khabar National Weekly
Ad

भारतबाट ल्याउँदै गरेको माछासहित २ जना नियन्त्रणमा

लोकतन्त्र खबर
२४ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २४
भारतबाट ल्याउँदै गरेको ८० किलो माछासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले  नेपाल-भारत सिमा अन्तर्गत विष्णु गाउँपालिका वडा न-१ गढीमाई स्थितबाट शनिवार साँझ पौने ४ बजे भारतबाट नेपाल तर्फ दुईवटा साइकलमा राखेर ल्याउँदै गरेको २ क्यारेट ८० किलो माछा बरामद गरेको छ।
माछा ल्याउने दुईजना ब्यक्तिलाई  बरामद गरिएको माछासहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: