Loktantra Khabar National Weekly
Ad

आगोले पोलेर कौडेनामा एक महिला घाइते

लोकतन्त्र खबर
२४ पुष २०७९


लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २४
आगोले पोलेर सर्लाहीको कौडेनामा एक महिला गम्भीर घाइते भएकी छिन। घाइते हुनेमा वडा न-२ बस्ने बिरेन्द्र रायकी श्रीमती वर्ष ३५ की कुमारीया देवी राय रहेको प्रहरीले जनाएको छ।
शनिवार चिसो छल्न भनि बालिएको घुरबाट निस्किएको आगो साडीमा सल्किन गई राय घाइते भएकी थिइन्।आगोबाट पेट भन्दा मुनि शरिरको सम्पुर्ण भाग जलेर घाईते भएकी रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको छ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: