Loktantra Khabar National Weekly
Ad

नवलपुर मलंगवा सडक खण्डबाट लागुऔषधसहित एक युवक पक्राउ

लोकतन्त्र खबर
२० पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २०
सर्लाहीको हरिपुर नगरपालिका वडा न- ८ हात्तिसार स्थित नवलपुर मलंगवा सडकखण्डबाट  लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका वडा न-७ घर भई हाल हरिवन न.पा.वडा न-९ मा डेरा गरी बस्ने लक्षमन बैठाको छोरा अन्दाजी बर्ष २० को दिपक बैठा रहेको प्रहरीले जनाएको छ।
बैठालाई मंगलबार साँझ करिब पौने ८ बजे नवलपुर-मलंगवा सडक खण्डमा ना १ ज २३८२ नम्बरको म्याजीक चालक संग भाडाको बिषयलाई लिएर बादविवाद भई कुटपिट गरी भाग्दै गरेको अबस्थामा तत्कालै ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएका थिए।
निजको साथबाट २६ पत्तामा ७८० पिस नाईट्रोभेट-१० लेखेको ट्याबलेट  बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: