Loktantra Khabar National Weekly
Ad

मलंगवा बजारमा मापदण्ड मिचेर बनाइएका भौतिक संरचना हटाउन नगरपालिकाको १५ दिने निर्देशन ,बेवास्ता गरे कार्यवाहीमा पर्ने

लोकतन्त्र खबर
११ पुष २०७९

 

 

मनोज यादव—-सर्लाही,पुस ११
मलंगवा नगरपालिकाको वडा न-९ श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयदेखि वडा न-८ राजश्री सिनेमा हलसम्मको मूल सडकमा सडक कालोपत्रे तथा नाला निर्माणको कार्य हुन लागेकोले सो सडकमा मापदण्डअनुसार परेका भौतिक संरचनाहरु हटाउन नगरपालिकाले निर्देशन दिएको छ। नगर कार्यपालिकाको २०७९ पुस ५ गतेको निर्णयानुसार सो निर्देशन दिइएको हो।
वडा न-९ स्थित कृष्णा देवी स्कुल हुँदै बालमन्दिर चौक देखि पश्चिम वडा न-८ स्थित नगरपालिका चौक,नेपाल बैंक लिमिटेड हुँदै राजश्री सिनेमा हलसम्मको मुल सडकमा कालोपत्रे सडक तथा नाला निर्माणको कार्य गर्नुपर्ने भएको र सो सडक निर्माण गर्ने क्रममा नगरपालिकाबाट पटकपटक भौतिक संरचनाहरु हटाउन भनि सूचना प्रकाशित गरिएता पनि हालसम्म उक्त कार्य नगरिएकोले सो निर्माणका लागि १५ मिटर सडक चौडाइ रेखाङ्कन भए अनुसार मापदण्ड भित्र पर्ने भौतिक संरचनाहरु    पुनः पुस ८ गते स्थानीय दैनिक पत्रिकामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन सबैलाई जानकारी गराएको नगरपालिकाले बताएको छ।
सूचना प्रती बेवास्ता गरि अन्यथा गरेको खण्डमा स्थानीय सरकार संचालन ऐन २०७४ र प्रचलित कानुन अनुसार कार्यवाही गरिने नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: