Loktantra Khabar National Weekly
Ad

सर्लाहीका दलित अधिकारकर्मीहरुले धरानका मेयर साम्पाङलाई कारवाही गर्न एस.पी लाई जाहेरी दर्खास्त बुझाए

लोकतन्त्र खबर
५ पुष २०७९


लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ५
धरान उपमहानगरपालिकाका मेयर  हर्क साम्पाङले बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाउँदै सर्लाहीका दलित अधिकरकर्मीहरुले  निज विरुद्ध जातीय विभेद र छुवाछूत तथा बिधुतिय कारोबार सम्बन्धि कसुरमा जाहेरी दर्खास्त दर्ताका लागि  प्रहरी प्रमुखलाई बुझाएका छन् ।
मेयर सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै सोमबार मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको नेतृत्वमा गएका प्रदेश सभा सदस्य श्याम परि देवि ,नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय कोषाध्यक्ष गोबिन्द पासावान ,नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रामनरेश मन्डल ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लहिका अध्यक्ष राजेश पासवान ,दलित अधिकारकर्मी बिनोद कुमार राम ,असोदा तिमिल्सिना लगायतका टोलीले प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेललाई लिखित जाहेरी बुझाएका छन् ।
जाहेरी ग्रहण गर्दै प्रहरी उपरीक्षक पोखरेलले कानुन बमोजिम करवाही प्रक्रिया अगाडी बढाउने आश्वासन दिएको टोलीका सदस्य नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लहीका अध्यक्ष पासवानले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्: