Loktantra Khabar National Weekly
Ad

राजपुरका मेयरले ७ महिनामै पूरा गरे ३ वटा चुनावी प्रतिबद्धता

लोकतन्त्र खबर
२७ मंसिर २०७९

रौतहटको राजपुर नगरपालिकाका मेयर डा. राजिक आलमले चुनाव जितेको ७ महिनामै ३ वटा प्रतिबद्धता पूरा गरेका छन । राजपुरमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी दिएर गरेको ५ वटा चुनावी प्रतिबद्धता मध्ये ३ वटा पूरा गरेका हुन् ।

 

सोमबार एक समारोहका बीच राजपुर नगरपालिकामा डाक्टर  आलमले विधिवत् रुपमा  १५ शैया अस्पताल भवनको शिलान्यास  गरेका छन । मेयरको जिम्मेवारी पाएको मात्र  ७ महिनामा ५ वटा  मुख्य योजना मध्ये  २ वटा योजना यस अघि नै पूरा भइसकेको तथा तेस्रो काम  १५ शैया अस्पताल भवनको शिलान्यास  भएको मेयर आलमले बताए।

 

चुनावी प्रतिबद्धता अनुसार यस अघि नगर अस्पतालमा अल्ट्रासाउन्ड संचालन र फतुवा पुलदेखि परोहा नगरपालिकाको सिमानासम्मको बाटोमा कालोपत्रे निर्माण गरिएको मेयर आलमले जानकारी दिएका छन् । अल्ट्रासाउन्ड जडान पछि नगरभित्रका बिरामीको उपचारमा सहजता र कालोपत्रे निर्माणले वर्षायाममा पनि आवतजावत सहज भएको मेयर आलमले बताएका छन् ।

 

डा. आलमले  शिक्षा स्वास्थ र कृषि  आफ्नो प्रमुख योजना भएकोले चाँडै नै यस कार्यलाई  समेत अमूल्य परिवर्तन गर्ने  मेयर आलमले बताएका छन  । स्वास्थ्य मन्त्रालयबाट प्राप्त  २३ करोड २६ लाख,साढे १५ हजारको कुल लागतमा १५ सैंयाको अस्पताल भवन निर्माण भइरहेको  प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छन् ।

टेण्डर प्रक्रिया बाट अस्पताल भवन निर्माणको जिम्मा चान्दी देवीले  लिएको तथा अगामी २०८२ मंसिर ८ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता भएको अधिकृत ठाकुरले जानकारी दिएका छन् ।

त्यसैगरी फतुवा पुलदेखी परोहाको सिमाना सम्मको कालोपत्रे र अल्ट्रासाउन्ड जडान नगर विकास कोषको ५ करोड बढीको लगानीमा भएको प्रशासकीय अधिकृत बैजु  ठाकुरले बताएका छन । राजपुर नगर प्रमुख डाक्टर राजिक आलम पुर्वमन्त्री तथा हाल नखु जेलमा रहेका महमद आफ्ताभ आलमका छोरा हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: