Loktantra Khabar National Weekly
Ad

घरेलु कार्यालय सर्लाहीको भवन शिलान्यास

लोकतन्त्र खबर
२६ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—-
सर्लाही,मंसिर २६
नेपाल घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको कार्यालय भवन शिलान्यास गरिएको छ ।
मलंगवा नगरपालिका वडा न-२ स्थित पब्लिक माद्यामिक  विद्यालय(झण्डा बजार)नजिक रहेको श्री राम कबिर मठको जग्गामा १ करोड ४७ लाख ६५ हजार ९७७ रुपैयाँको लागतमा निर्माण हुन लागेको ८ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास सोमबार जग्गादाता राम कविर मठका महंथ देवलाल दास बैरागी,नगरप्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह लगायले संयुक्तरूपमा गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिनुभयो।
सहरी विकास तथा भवन कार्यालय ले उपलब्ध गराएको बजेटबाट निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा सावित्री निर्माण सेवाले लिएको कार्यालय प्रमुख गुप्ताले बताए।
हाल मलंगवा नगरपालिका वडा न-८ स्थित भाडाको घरमा उक्त कार्यालय संचालन हुँदै आएको छ।
भवन शिलान्यास कार्यक्रममा प्रहरी प्रमुख एसपी प्रविण पोखरेल,निर्माण कम्पनीका निर्देशक विवेकानन्द मिश्र,नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,वडा न-१ का वडाअध्यक्ष, gjnlszf]/ ofbj सहरी विकासका इन्जिनियर मनिष यादव,पत्रकार तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता घरेलुका कार्यालय प्रमुख गुप्ताले गरेका थिए भने प्रमुख आतिथ्यता नगर प्रमुख यादवको रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: