Loktantra Khabar National Weekly
Ad

सर्लाहीको हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ति तथा लापरबाही भएपछि मुसैलीका जनताहरु आन्दोलित,विरोध स्वरुप सडक अबरुद्ध

लोकतन्त्र खबर
२१ मंसिर २०७९

मनोज यादव—
तराई मधेसको लाइफलाइन मानिएको हुलाकी सडकको निर्माणकार्य सुरु गरि धुलो मुक्त बनाउनु पर्ने माग राखेर सर्लाही मलंगवाका जनताहरु आन्दोलित भएका छन् ।
भर्खरै केही दिन अगाडि सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको बेला नो-रोड नो-भोट भन्ने नाराका साथ आन्दोलना उत्रिएका जनताहरु आन्दोनको क्रममा गरिएको सम्झौता अनुसार सडक निर्माणको काम सुरु नभएपछि पुन: आन्दोलन सुरु गरेका छन् । सम्झौता गरे अनुसार हुलाकी सडकको काम सुरु गर्न र सडक नबनुन्जेलसम्म धुलो मुक्तको लागि दिनको तीनपटक सडकमा पानी छर्कनु पर्ने माग राखेर  मलंगवा नगरपालिका वडा न-७ मुसैलीका जनताहरु आज (बुधबार) बिहानैदेखि मलंगवा-गोडैता हुलाकी सडक जाम गरेर विरोध जनाइ रहेका छन् ।आफुहरुको माग पूरा नभएसम्म यसैगरी दैनिक रुपमा विभिन्न  विरोधका कार्यक्रमहरु गरिरहने आन्दोलित स्थानीय युवाहरुले चेतावनी दिएका छन् ।
मधेसको सामाजिक र आर्थिक विकाससँंग जोडिएको सर्लाही जिल्लामा पूर्व ब्रम्हपुरी गाउँपालिकाकाको सखुअवा गाउँदेखि पश्चिम रौतहट जिल्लाको सिमानामा पर्ने बागमती नदीको किनार सम्मको करिब ४० किलोमिटर हुलाकी सडक निर्माण कार्य समयमै पूरा नहुँदा यस क्षेत्रका जनताहरु धुलो र हिलोबाट पीडित हुँदै आएका छन् ।
यसै विषयलाई लिएर यस क्षेत्रका सयौं जनताहरु यसपटकको चुनाव समेत बहिष्कार गरेका थिए।
वि.सं २०७३ सालमा सर्लाहीको हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने भनेर तीन प्याकेजमा ठेक्का लागेको थियो । हुलाकी राजमार्ग आयोजना कार्यालय, जनकपुरले सर्लाहीमा पर्सा गाउँपालिकाको संग्रामपुरस्थित बाँके खोलादेखि पश्चिम बलरा नगरपालिकास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाएर निर्माण गराइरहेको भए पनि लामो समयदेखि निर्माण कार्य पूरा हुनसकेको छैन ।
छिमेकी जिल्ला महोतरीमा हुलाकी सडक निर्माण भए पनि सर्लाहीमा सम्बन्धित निकायको बदमासीका कारण निर्माण कार्यमा ढिलाइ भएको  स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: