Loktantra Khabar National Weekly
Ad

सर्लाहीको राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाईते

लोकतन्त्र खबर
१५ मंसिर २०७९


लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर १५
सर्लाहीको लालबन्दीमा बोलेरो जिपको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएको छ।घाइते हुनेमा लालबन्दी नगरपालिका वडा न-१६ तिनघरे बस्ने वर्ष २८ को संजिब कुमार गोले रहेका छन् ।

लालबन्दीबाट परवानीपुरतर्फ २–०२ ००२ प १८४२ नम्बरको मोटरसाईकलमा चढेर जाँदै गरेको गोले सवार मोटरसाइकललाई बुधबार साँझ जिल्लाको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा न-६ स्थित फुटबल मैदान भन्दा केही अगाडी कालिन्जोर खोलाको पुलमा विपरीत दिशातर्फबाट आउँदै गरेको   बा१च ७१२१ नम्बरको बोलेरो जिपले  ठक्कर दिएको थियो।
बोलेरोको ठक्करबाट दाहिने हात, छातीसहित शरिरका बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका गोलेको लालबन्दीस्थित मोडेल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागी काठमाण्डौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।    घटना पछि बोलेरोका चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: