Loktantra Khabar National Weekly
Ad

अगर्वामा “नि:शुल्क गुणस्तरिय शिक्षामा लैंगिक हिंसाको प्रभाव” विषयक बकतृत्वकाला प्रतियोगिता सम्पन्न

लोकतन्त्र खबर
१४ मंसिर २०७९

अजिता चौधरी—
सर्लाही,मंसिर १४
शिक्षाकालागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal ) जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा ३१ औ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सर्लाहीको  कबिलासी नगरपालिकामा “नि:शुल्क गुणस्तरिय शिक्षामा लैंगिक हिंसाको प्रभाव” विषयक बकतृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ ।
कबिलासी न.पा वडा न-८ अगर्वा स्थित श्री जनता माध्यमिक विद्यालयमा माध्यमिक तहमा अध्यनरत विद्यार्थीहरु बिच प्रतियोगिताको आयोजना गरिएको हो।११ जना विद्यार्थीहरुले भाग लिएका उक्त प्रतियोगितामा क्रमशः प्रथम,दृतिय र तृतीय हुने कक्षा-९ का छात्र नितेश साह, कक्षा-१० की छात्रा अनिशा यादव र कक्षा-९ का छात्र निशचल यादवलाई   कार्यक्रमका अध्यक्ष NCE Nepal का जिल्ला संयोजक राजेश पासवान तथा प्रअ नागेश्वर प्रसाद ,बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय , विद्यालय व्यवस्थापन  समितिका सदस्य सोगार्थ पासवान लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक बिजय कुमार झाले  गरेका थिए ।
१६ दिने  अभियानकै अवसरमा “सभ्य सामाज को पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ सदरमुकाम मलंगवामा NCE Nepal समेतको संयुक्त आयोजनामा जनचेतनामूलक  बृहत् र्याली तथा कोण  सभाको आयोजना समेत गरिएको NCE Nepal का संयोजक पासवानले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: