Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा देखिएको साहको जनलहर, सुर्य छापमै मतदान गर्ने मतदाताको प्रतिबद्धता

लोकतन्त्र खबर
२० कार्तिक २०७९

लोकतन्त्र समाचारदाता
सर्लाही, २० कार्तिक । सर्लाहीको क्षेत्र नम्बर २ बाट एमाले गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार राजनारायण साहको समर्थनमा जनलहर बढ्दै गएको छ । सर्लाही २ को मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसर र ६ खुटौनामा भएको घरदैलोमा उपस्थित जनलहरले यसलाई प्रमाणित गर्छ । नेकपा एमालेका सर्लाही जिल्ला अध्यक्ष समेत रहेका साहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यस क्षेत्रका मतदाताहरु बताउँछन् । साहको प्रतिस्पर्धी र उनको विकल्पमा कोही नभएको बताउँदै मतदाताहरुले साहलाई विजयीको तिलक लगाएर शुभेच्छा तथा आशिर्वाद दिएका छन् । सर्लाही २ का मतदाताको घरदैलोमा पुगेर नेकपा एमाले जसपा गठबन्धनका संयुतm उमेदवार साहले मंसिर ४ गतेको निर्वाचनमा आफुलाई सुर्य छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् । निरन्तर जनताको माझमा रहेको हुँदा र आफुले विजयी भएपछि यस क्षेत्रमा गर्ने चौतर्फी विकासको योजनाहरुलाई यहाका जनताले मूल्यांकन गरेर जनताले निर्वाचित गराउनेमा साह विश्वस्त छन् । घरदैलोमा एमालेसँगै गठबन्धनमा आवद्ध जसपाका नेता एवम् कार्यकर्ताहरुसँगै महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: