Loktantra Khabar National Weekly
Ad

अन्तरजातिय प्रेम विवाह गरेका सर्लाहीका उदाहरणीय जंगीलाल र राधाको जोडीलाई अदालतले स्विकारे पनि परिवारले स्विकारेन

लोकतन्त्र खबर
२० भाद्र २०७९

मनोज यादव—-
सर्लाही,भाद्र २०
भनिन्छ, प्रेममा जात,पात,उँच, निच,धर्म,वर्ण उमेर, रङ्ग,केही हुँदैन ।प्रेमिल जोडीहरु एक अर्कालाई पाउन जे पनि गर्न तयार हुन्छन् । कतिपय प्रेमि जोडीहरु सामाजिक कुरीतिहरुका कारण छुटेका पनि छन्, तर सर्लाहीका एक अन्तरजातिय जंगीलाल यादव र राधा कुमारी चमारको जोडीले यस्ता भनाइलाई सार्थक बनाएर समाजको लागि एउटा उदाहरणीय काम गरेका छन् ।
उनीहरुको प्रेम र अन्तरजातिय जोडीलाई समाज र परिवारले नस्विकारे पछि यी जोडीले  सदरमुकाम मलंगवा नगरपालिका स्थित जिल्ला अदालत सर्लाहीमा गएर कानुनी रुपमा अन्तरजातिय विवाह गरेका छन् ।सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-१ बस्ने  २२ वर्षीय जंगीलाल यादब र यसै जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न-१ बस्ने  २३ वर्षीया राधा कुमारी चमारले २०७९ साल भाद्र १३ गते अदालतमा गएर आफ्नो विवाह दर्ता गराएका हुन्।
उनीहरु बिचको प्रेम सम्बन्ध विगत एक वर्षदेखि चल्दै आएको थियो।प्रेम सम्बन्धलाई विवाहको बन्धनमा बाँध्ने सोंच बनाएका यी जोडीलाई केटा पक्षको परिवारले स्विकार्न नमानेपछि दुवैजनाले  मलंगवा स्थित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको कार्यालयमा दिएको निवेदनको आधारमा  संस्थाको पहलमा कानुन बमोजिम अदालतमा विवाह गराएको अध्यक्ष राजेश पासवानले जानकारी दिए।
जंगीलाल र राधाको जोडीले समाजमा बिद्ममान रहेको जातीय विभेद र छुवाछूतलाई अन्त्य गर्न  उदाहरणय काम गरेको मानव अधिकारकर्मी शुन्दर श्याम यादवले बताए।
तल्लो जातको केटीसँग विवाह गरेको भन्दै बुवा राम सेवक यादवले  घरमा प्रवेश गर्न रोक लगाएकोले आफुहरुलाई पुनर्स्थापन गराइदिन भन्दै केटाले सबै सरोकारवालाहरु सँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: