Loktantra Khabar National Weekly
Ad

सर्लाहीको हरिवनबाट कौडा(जुवा)खेलिरहेका १२ जना जुवाडे नगदसहित पक्राउ

लोकतन्त्र खबर
२० भाद्र २०७९

मनोज यादव—
सर्लाही,भाद्र २०
कौडा(जुवा) खेलिरहेको अवस्थामा नगदसहित १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान २ बजेको समयमा सर्लाहीको  हरिवन नगरपालिका वडा न-२ स्थित छाप्रोमा कौडा खेलिरहेका जुवाडेहरुलाई नगद रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा न-८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ ,सोही जिल्लाको औरही न.पा- बस्ने ३८ वर्षीय हरिनारायण महतो,हरिवन न.पा-२ बस्ने ४९ वर्षीय टीका प्रसाद घिमिरे,लालबन्दी न.पा-१ बस्ने चाँद खाँ,हरिवन न.पा-२ बस्ने ३० वर्षीय भिम लामा,कौडेना गाउँपालिका-२ बस्ने ५४ वर्षीय चुनिलाल चौधरी,हरिवन न.पा-१ बस्ने ३५ वर्षीय तेज बहादुर गोले,सोही ठाउँ बस्ने ५४ वर्षीय शंकर श्रेष्ठ,हरिवन न.पा-२ बस्ने ४० वर्षीय हरि पौडेल,सोही ठाउँ बस्ने ३४ वर्षीय मान बहादुर थिंग,पर्सा जिल्ला परसौनीभाठा न.पा-२ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह र धनुषा जिल्ला मिथिला विहारी न.पा-७ बस्ने ५९ वर्षीय ईश्वरी साह रहेको जिल्ला प्रहरी कार्यायल सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।
हरिवन न.पा-१ स्थित एक छाप्रोमा केही ब्यक्तिहरु कौडा खेलिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा छापा मार्न गएका प्रहरी टोलीले उनीहरूलाई   २ लाख ७१ हजार ६ सय रुपैया नेपाली र २५० रुपैया भारतियसहित ४ पिस कौडा,४ पिस तास,२ बट्टा पाउडर,२ थान ओछ्याउने कार्पेट ,४ थान काठको तख्ता,१ थान हुक्का ,१ थान सानो इन्भर्टर र ८ पिस मोबाइल फोन  बरामद गरी नियन्त्रणमा लिएर  थप अनुसन्धान भइरहेको प्रवक्ता एवं डिएसपी यादवले बताएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्: