Loktantra Khabar National Weekly
Ad

मलंगवाको दुर्गम पल्सी टोलमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर

लोकतन्त्र खबर
२१ माघ २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ २१

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-११ मा रहेको पल्सी टोलमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नगरपालिका भित्र परेपनि दुर्गम तथा गरिब समुदायको बसोबास रहेको पल्सी टोलका बासिन्दाहरुलाई लक्षित गरेर देवश्री पोलिक्लिनिक मलंगवा द्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

उक्त शिवरमा विशेषज्ञ चिकित्सकहरु डा.रोशन साह,डा.सरद यादव तथा डा.राकेश यादव द्वारा हड्डी तथा नशा रोग,बाबासिर,भगन्दर,चिनी लगायतका रोगहरुको जाँच गरि नि:शुल्क औषधि वितरण गरिएको थियो। शनिवार पल्सी स्थित प्राथमिक विद्यालयको प्रांगणमा आयोजना भएको शिविरको प्रमुख अतिथि एवं मलंगवा न.पा वडा न-११ का वडाअध्यक्ष नन्दकिशोर राय”शम्भु”ले गमलामा रोपिएको फुलको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए।

देवश्री पोलिक्लिनिकका संस्थापक सोनेलाल रायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि समाजसेवी तथा राजनितीकर्मी काशी राय यादव,डा.रोशन साह,डा.सरद यादव,डा.राकेश यादव तथा वडा सदस्यहरु राम विश्वास राय,अमहर अंसारी,पल्सी प्राविका प्रअ नागेश्वर राय,मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य बन्दना झा,परिवार नियोजनका पशुपति राय र पत्रकारहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको उद्घाटन कार्यक्रमका संचालक कृष्णा सिंहले जनाएको छ।

सो एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट ३५० जना भन्दाबढी बिरामीहरुले सेवा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्: