साथै मस्कले आफ्नो पोस्टमा न्युरालिंकको प्रडक्टको नाम र त्यसबाट हुने फाइदाहरुका बारेमा पनि उल्लेख गरेका छन् । जस अनुसार न्युरालिंकको उक्त प्रडक्टको नाम टेलीप्याथी हो ।
यो प्रविधि हातखुट्टा नभएका वा हातखुट्टाले काम नगर्ने व्यक्तिहरुका लागि निकै उपयोगी सावित हुने मस्कको भनाइ छ । यसको मद्दतले प्रयोगकर्ताले मस्तिष्कबाटै कम्प्युटर तथा स्मार्टफोनलाई नियन्त्रण गर्न सक्नेछन् । अर्थात् कम्प्युटर तथा स्मार्टफोन चलाउनका लागि हातले छुनु पर्दैन ।
हाल यो ट्रायलको उद्देश्यचाहिं वायरलेस ब्रेन कम्प्युटर इन्टरफेसमा काम गर्नु रहेको छ । यसमा सर्जिकल रोबोट तथा सुरक्षित प्रत्यारोपणमा ध्यान दिइएको छ ।
समाचार अनुसार यो परीक्षणका लागि न्युरालिंकले केही स्वयंसेवी छनोट गरेको थियो र उनीहरुमाथि ट्रायल सुरु गर्यो । सन् २०३० सम्ममा २२ हजार मानिसको मस्तिष्कमा चिप जडान गर्ने लक्ष्य कम्पनीको छ ।
स्मरण रहोस् न्युरालिंक कम्पनीको स्थापना सन् २०१६ मा भएको थियो । यो कम्पनीमाथि प्रकृतिका साश्वत नियमहरु समेत तोडिरहेको आरोप लाग्ने गरेको छ । अनलाइन खबर

