Loktantra Khabar National Weekly
Ad

रौतहट प्रहरीद्वारा २८० फरार अभियुक्त पक्राऊ

लोकतन्त्र खबर
४ माघ २०८०

रौतहट । लामो समय देखि फरारको सूचीमा रहेका २८० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भइसकेर पनि फरारको सूचीमा उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त पक्राऊ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

कर्तव्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको एसपी श्रेष्ठले जानकारी दिए। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: