Loktantra Khabar National Weekly
Ad

बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

लोकतन्त्र खबर
२९ पुष २०८०

रौतहट । गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: