Loktantra Khabar National Weekly
Ad

रोकिएका डेढ सय यात्रु लिएर बैंकक उड्यो निगमको वाइडबडी

लोकतन्त्र खबर
२४ पुष २०८०

सोमबार रोकिएका डेढ सय यात्रु बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज बैंकक उडेको छ।

मंगलबार दिउँसो ११:३० मा निगमको वाइडबडी ३३० जहाजमार्फत् सोमबार रोकिएका सबै यात्रु बैंकक पठाइएको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

निगमको न्यारोबडी जहाजमा प्राविधिक समस्या देखिएपछि सोमबार उक्त जहाज ग्राउन्डेड गरिएको थियो। काठमाडौं-बैंकक उडान हुन नसक्दा निगमले डेढ सय यात्रुलाई होटलमा व्यवस्थापन गरेको थियो।

यता सोमबार प्राविधिक समस्या देखिएको न्यारोबडी जहाज हिजै राति १२:३० बजे १५१ यात्रु लिएर क्वालालम्पुर उडेको उनले बताए।

मंगलबार सोही जहाजले १५४ जना यात्रु लिएर क्वालालाम्पुरबाट काठमाडौं आउँदैछ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: