Loktantra Khabar National Weekly
Ad

नेपाल वायुसेवा निगमका करार कर्मचारीको सेवासुविधामा विभेद नगर्न माग गरिएको रिटमा अन्तरिम आदेश

लोकतन्त्र खबर
२२ पुष २०८०

नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)हरूले आफूहरूलाई स्थायी कर्मचारी सरहको सेवा-सुविधा दिनुपर्ने आदेश माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार यस्तो आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, सर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले करारमा नियुक्ति भएका विमान परिचारक र विमान परिचारिकालाई स्थायी कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरिएको उल्लेख थियो।

कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिने लगायतका प्रावधानको बदर माग गरिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: