Loktantra Khabar National Weekly
Ad

सेयर बजार ८.७१ अंकले घट्दा कारोबार रकम भने डेढ अर्बले बढ्यो

लोकतन्त्र खबर
१९ पुष २०८०

काठमाडौं  पुस १९, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४९ विन्दुमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोडको भएको छ । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.१ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो ।

बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, नेपाल टेलिकमको ५.४, जानाकी फाइनान्सको ५.२ र युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: