Loktantra Khabar National Weekly
Ad

पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

लोकतन्त्र खबर
२ पुष २०८०

बारा । जीतपुर सिमरा नगरपालिकाको वडा न ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्  ।

वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत ५ लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: