Loktantra Khabar National Weekly
Ad

रहेनन् बलिउड अभिनेता जुनियर महमूद

लोकतन्त्र खबर
२२ मंसिर २०८०

बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ।

उनको ६७ वर्षको उमेरमा निधन भएको हो। उनी चौथो चरणको पेटको क्यान्सरबाट पीडित थिए। उनका साथी सलीम काजीले शुक्रबार उनको निधन भएको टिभी ९ हिन्दीसँगको कुराकानीमा पुष्टि गरेका छन्।

उनले ‘संघर्ष, ब्रह्माचारी, दो रास्ते, कटी पतंग, हाथी मेरे साथी, हंगामा, मेरा नाम जोकर, नौनिहाल, छोटी बहु, दादागिरी’ लगायत चर्चित फिल्ममा अभिनय गरेका छन्।

उनले फिल्मसँगै टेलिशृंखलामा समेत अभिनय गरेका छन्। उनले सन् १९६७ मा संजीव कुमारको फिल्म ‘नौनिहाल’ बाट डेब्यू गरेका थिए। त्यतिबेला उनी ११ वर्षका थिए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: