Loktantra Khabar National Weekly
Ad

‘एनिमल’ हेरेपछि बबीकी आमाले भनिन्– यस्तो फिल्म किन खेलेको?

लोकतन्त्र खबर
२१ मंसिर २०८०

यतिबेला बलिउड फिल्म ‘एनिमल’ मा खलनायक बनेका अभिनेता बबी देओल चर्चामा छन्।

सन्दीप रेड्डी वांगा निर्देशित फिल्ममा उनको १५ देखि २० मिनेटको भूमिका छ। तर उनले फिल्मका मुख्य अभिनेता रणवीर कपूरलाई समेत पछि पारेको चर्चा छ।

दर्शकले उनको भूमिकालाई खुब रूचाइरहेका छन्। तर उनकी आमा प्रकाश कौरले फिल्म हेर्ने हिम्मत जुटाउन सकिनन्। यस कुराको खुलासा बबी आफैले गरेका हुन्।

‘मेरी आमा फिल्ममा म मरेको सिन हेर्न सक्नुहुन्न। एनिमल हेरेपछि उहाँले यस्तो फिल्म किन खेलेको, यस्तो फिल्म नखेल्नु म हेर्न सक्दिन भन्नुभयो। त्यतिबेला मैले आमालाई म तपाईकै अगाडि छु भन्दै सम्झाए। उहाँ अहिले खुशी हुनुहुन्छ। उहाँका साथीले फोन गरेर मसँग भेट्न चाहने बताउनु भएको छ। यस्तो ‘आश्रम’ सिरिज रिलिज हुँदा भएको थियो,’ उनले पिंकभिलासँग भने।

उनका बुवा धमेन्द्र र दाइ सनी देओलले पनि यो फिल्म हेरेका छैनन्। उनीहरू बाहेक परिवारका अन्य सदस्यले फिल्म हेरेको बबीले बताएका छन्।

फिल्ममा बबी र रणवीरसँगै रश्मिका मन्दना, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: