Loktantra Khabar National Weekly
Ad

‘दान्भी’ को पोस्टरमा यस्ती देखिइन् पूजा

लोकतन्त्र खबर
२० मंसिर २०८०

फिल्म ‘दान्भी’ को पोस्टर सार्वजनिक गरिएको छ।

मंगलबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री पूजा शर्मालाई प्रस्तुत गरिएको छ। जसमा उनले मेसिनगन बोकेकी छन्।

फिल्मको पोस्टर सार्वजनिक गरेपनि प्रदर्शन मिति तय गरिएको छैन। लभ स्टोरी फिल्ममा जमिरहेकी पूजा पहिलो पटक एक्सन अवतारमा देखिँदैछिन्।

रूपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा देव मगर, अनुप गडालको लगानी छ। पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह-निर्माता हुन्।

यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’ को छायांकन, बन्दे प्रसादको सम्पादन, सत्यम रानाको भिएफएक्स, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: