Loktantra Khabar National Weekly
Ad

सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

लोकतन्त्र खबर
११ मंसिर २०८०

काठमाडौं  मंसिर ११, सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो । कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रहरुको उतारचढाव सामान्य देखिएको छ । कुनै पनि समूहको गिरावट दर १ प्रतिशत पुग्न सकेन ।

अंकका आधारमा बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, उत्पादन ४०, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४ र अन्य उपसमूह १ अंक घटे ।

होटल तथा पर्यटन १२ र व्यापार उपसमूह भने १० अंक बढे ।

मूल्यमा धेरै उतारचढाव भएका कम्पनी

यस दिन अपर स्याङ्‍गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । अभियान लघुवित्तको ७.७, माथिल्लो मैलुङखोला जलविद्युतको ७.४, शुभम् पावर ६.१ र विशाल बजार कम्पनीको मूल्य ६.१, माईखोला हाइड्रोपावरको ५.६, रावा इनर्जीको ५.५ प्रतिशतले मूल्य बढ्यो ।

त्यस्तै स्वाभिममान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ५.१, थ्रीस्टार हाइड्रोपावरको ३.८ तथा हिमालयन लघुवित्तको मूल्य ३.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा भने सोनापुर सिमेन्ट, रिलायबल लाइफ इन्स्योरेन्स, प्रभु बैंक संस्थापक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: