Loktantra Khabar National Weekly
Ad

आरिफ रफले ल्याए ‘आउँछौं कि भनेर’ गीत

लोकतन्त्र खबर
११ मंसिर २०८०

आरिफ रफको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

आइतबार नेपमेलो नामक युट्युब च्यानलमार्फत ‘आउँछौं कि भनेर’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा मोनिष निरौलाको शब्द तथा संगीत रहेको छ।

सुरेन्द्र मल्लले निर्देशन गरेको गीतलाई अन्जान थापा, सलिना खत्रीको अभिनय छ। गीतको भिडिओमा प्रेमिका हराएपछि विछिप्त बनेका प्रेमीको बारेमा दर्शाउन खोजिएको छ।

देव दोर्जे लामाले छायांकन गरेको म्युजिक भिडिओलाई विकाश मगरको सम्पादन गरेका हुन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: