लोकतन्त्र समाचारदाता–
सर्लाही ४ कार्तिक । लोकआस्थाको महान् पर्व छठ नजिकिदै गएपछि सर्लाही जिल्लामा अहिले छठघाटको व्यवस्थापन र पोखरीहरुको सरसफाइले तीव्रता पाएको छ । श्रद्धा र निष्ठाका साथ मनाइने यस चार दिने पर्वको तयारी स्वरूप स्थानीय शहर तथा गाउँ बस्तीहरूमा रहेका नदी, तलाउ र पोखरीहरूको किनारमा छठघाट बनाउनका लागि अहिले देखिनै सरसफाईको कामलाई अगाडी बढाएको हो ।
मलंगवा नगरपालिका वार्ड नं. ७ मुसैलीमा रहेको ठुलो पोखरीलाई सौन्दर्यकरणको नाममा कुरुप बनाएपछि अहिले उतm पोखरीमा जलकुम्भी जमेर पोखरीनै ढाकेको अवस्था छ ।
महान् पर्व छठ नजिकिदै गएपछि यसपाली मुसैलीका जनताले छठपर्व कसरी र कहा मनाउने भनेर चिन्तित थिए । यसै कुरालाई मनन गर्दै स्थानीय युवा नेता सुजित यादवको पहलमा मुसैली पोखरीमा जमेको जलकुम्भीलाई निकाल्ने काम सुरु भएको छ ।
छठघाटको व्यवस्थापन र पोखरीको सरसफाइ सामाजिक कार्य रहेको बताउदै सर्लाही क्षेत्र नं.२ बाट निर्वाचित माननीय सांसद रबिन महतो आफै मुसैली पुगेर पोखरीको जलकुम्भी हटाउने तथा पोखरीको सरसफाईमा जुटेका छन । एउटा निर्वाचित माननीय यसरी पोखरीमा गएर जलकुम्भी निकाल्दै सरसफाईमा जुटेको देखेर स्थानीयहरु समेत सामुहिक रुपमा पोखरीको सरसफाईमा जुटेका हुन् ।
माननीय जस्तो व्यतिmले सरसफाई गरेको देखेर स्थानीय जनतालाई प्रेरित गरेको त्यहा उपस्थित एकजना व्यतिmले बताए । माननीय रबिन महतो समस्या रहेको ठाउमा भौतिक रुपमा उपस्थित भएर आम जनता संग काधमा काध मिलाएर काम गर्ने शैलीलाई यहाका स्थानीयहरुले मन पराउदै प्रशंसा गरेका छन ।
सर्लाही जिल्लामा अहिले देखिनै स्थानीयवासी, युवा क्लब र विभिन्न पूजा व्यवस्थापन समितिहरू छठघाटलाई आकर्षक र व्यवस्थित कसरी बनाउने भनेर छलफलमा जुटेका छन । छठ पर्वमा सूर्यदेवलाई अघ्र्य दिनका लागि जलाशयको किनारमा घाट बनाउने परम्परा अनुसार, पोखरी र नदी किनारहरूलाई सरसफाइ गरी झकिझकाउ बनाउने चलन छ ।
शुद्धीकरणः व्रतालुहरूका लागि अघ्र्य दिने स्थानहरूमा माटोको लेप लगाई शुद्ध पारिने कार्य समेत गरिन्छ । घाट वरपर आकर्षक पण्डाल, रङ्गीचङ्गी बत्ती र तोरणहरूले सिङ्गारिँदै केराका थम्बा र झिलिमिली बत्तीको प्रयोगले घाटहरूलाई मनमोहक बनाउने गरिन्छ ।
‘नहाय खाय’ विधिबाट सुरु हुने यो पर्वमा व्रतालुहरूले निराहार व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पारिवारिक सुख, शान्ति, समृद्धि र सन्तान प्राप्तिको कामना गरिन्छ । सद्भाव र भातृत्वको प्रतीक समेत मानिने यस विशुद्ध धार्मिक आस्थाको पर्वलाई बढो हर्ष अनि उल्लासका साथ मनाइन्छ ।

