Loktantra Khabar National Weekly
Ad

रसुवा बाढीपहिरोबाट स्वर्गरोहण भएकाहरुको सम्झनामा मलंगवामा श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन

लोकतन्त्र खबर
२३ भाद्र २०८३

लोकतन्त्र समाचारदाता–
सर्लाही २२ भाद्र । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी मलंगवा नगर कमिटीको आयोजनामा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

सर्लाही क्षेत्र नं, २ का माननीय सांसद रबिन महतोको प्रमुख आतिथ्यतामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलन कार्यक्रम मलंगवा नगर कमिटी अध्यक्ष रिसेन राय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । यश अवसरमा पार्टीका चर्चित नेताद्वय मधेश प्रदेश कमिटी जनसम्पर्क विभागका चन्दन सिंह, संगठन विभागका सोहन झा लगायत पार्टीका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागीता रहेका थिए ।

कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । साथै बेपत्ता नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामना सहित दीप प्रज्ज्वलन गरिएको हो ।

गत २६ अगस्ट २०२६ मा नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । बाढीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लाका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस क्षेत्रमा आवत जावत गरिरहेका पर्यटक तथा यात्रु समेत प्रभावित भएका छन् ।

बाढी पछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने कार्यमा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेको कार्यक्रमका प्रमुख अतिथि सांसद रबिन महतोले जनाएका छन । कार्यक्रममा बोल्दै माननीय सांसद रबिन महतोले भने बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत पुर्याउने काममा सरकार दिनरात निरन्तर काम गरिरहेको बताउनु भयो । सर्लाहीका जनता हरेक बाढपिडितको सुखदुःखमा सहयोग गर्न सदैव तत्पर रहेको छ । बाढी पहिरोबाट भएको जनधनको क्षति र यसको उद्वारका लागि बर्तमान सरकार हरदम तयार रहेको पनि सांसद रबिन महतोले श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भयो । कार्यक्रमको संचालन तथा ब्यवस्थापन नगर कमिटी सचिव संजय यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: