लोकतन्त्र समाचारदाता–
सर्लाही २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सभापति लोकप्रिय जननेता माननीय ई.तपेशवर यादवको बिशेष पहलमा सर्लाही जिल्लामा २० करोड बराबरको १० वटा महत्वपूर्ण योजनाहरु पर्न सफल भएको माननीयका सोकिय सचिव ई. मनोज यादवले जनाएको छ ।
सभापति यादवको विशेष पहलमा नेपाल सरकारको रातो किताबमा आ.व.२०८३÷२०८४ का लागि स्वीकृत १० महत्वपूर्ण योजना परेको सोकिय सचिव यादवको भनाई छ ।
जसमा ब्रहमपुरी गाउँपालिका वडा नं.–६ पिपरा जाने हरिपुर्वा नगरपालिका–०३, धनकौल जोड्ने सफहा नदीमा पुल निर्माणको कार्य त्यस्तै ब्रहमपुरी वार्ड नं.–१ झिम नदीमा पुल निर्माण रहेको छ ।
ब्रहमपुरी गाउँपालिका वार्ड नं.–४ कटहि खोलामा पुल निर्माण, सफहा खोला झुलुङ्गे पुल, ब्रहमपुरी वार्ड नं.–०५ त्यस्तै ब्रहमपुरी गाउँपालिका वडा नं. २ र ५ जोडूने सफहा खोला पुल निर्माण, मलंगवा नं.पा. को गम्हरिया–सलेम्पुर मोहनपुर बबरगंज झिम खोला किनार सडक खण्ड निर्माणको काम रहेको छ ।
सर्लाही जिल्ला स्थित ब्रहमपुरी गाउँपालिकामा सहरी सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम पनि रहेको जनाएको छ ।
त्यस्तै हरिपुर्वा नगरपालिका वार्ड– ४ बाँके नदीमा पुल महोत्तरी, धनुषा र सर्लाही जोड्ने महत्वपुर्ण पुल निर्माणको कार्य रहेका छन ।
जसबाट तिन जिल्लाका जनता लाभान्वित हुने छन ।
त्यस्तै धनुषा जिल्लाको महेन्द्रनगर महोत्तरी जिल्लाको भड्रङ्गाहा– औरहि बजार –गौशाला बजार हुँदै सर्लाही जिल्लाको हरिपुर्वा न.पा. बसतपुर सडक निर्माण र सर्लाहीको कविलाशी नगरपालिका सेलेमपुर ९ मोहनपुर जोड्ने झिम पुल निर्माणको कार्य गरिने सभापति यादवको सचिवालयले जनाएको छ ।
सर्लाहीको समृद्धि, हाम्रो प्रतिबद्धता, सँगै अघि बढौं, सर्लाही बनाऔं समृद्ध भन्ने नारा दिएर जिल्लाको चौतर्फी विकासका लागि आफु लागि परेको सभापति यादवले लोकतन्त्र संग गरेको कुराकानीमा बताउनु भयो ।
सबैको साथ सबै क्षेत्रको विकासका लागि आफु लागि परेको सभापति यादवले थप्दै बताउनु भयो ।

