Loktantra Khabar National Weekly
Ad

मातृभाषाको विरोध गर्ने अपराधी हो

लोकतन्त्र खबर
१० फाल्गुन २०८२

जनकपुरधाममा २६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । मातृभाषा मधेश प्रदेश सघर्ष समितिले सो दिवस मनाएका हुन् । सन् २००० मा सन्युक्त राष्ट्र सघले प्रत्येक बर्ष २१ फेब्रुअरीको दिन अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रत्येक वर्ष २१ फरवरीका दिन अन्तर्राष्ट्रिय मैथिली भाषा दिवस मनाइदै आएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले मधेश प्रदेश सरकार र यहांका मातृभाषा विरोधी सांसदहरूलाई घोर विरोध गरेका थिए । कार्यक्रमका आयोजक रामरिझन यादबले विश्वमा मातृभाषाको आन्दोलनलाई विस्तृत रूपमा जानकारी दिदै प्रत्येक विद्यार्थीलाई मातृभाषामा प्राथमिक शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई नेपालका खस अहंकारवादी शासकहरूले हरण गरेको आरोप लगाए ।

तर, अहिले सघीय शासन व्यवस्थामा प्राप्त अधिकारलाई समेत मधेश प्रदेश सरकारले समेत लागु गर्न नसकेकोमा दुख व्यक्त गरे । उनले मातृभाषा विरोधी मधेश प्रदेश सरकार र सांसदहरूलाई अपराधीको संज्ञा समेत दिए । कार्यक्रममा मैथिली साहित्यकार सभाका अध्यक्ष अरबिन्द यादव, नागरिक समाज सिरहाका अगुवा धनिकलाल यादव, शिक्षकहरू उमेश यदव, विमल यादव, दीपेन्द्र यादव लगायतका वक्ताहरुले पनि आ आफ्ना विचार राखेका थिए । यसअघि जुलुस समेत प्रदर्शन गरिएको थियो । जनकपुरधामको जनक चोकबाट विभिन्न नाराहरू लगाउदै रेल्बे स्टेसनमा कोण सभामा परिणत भई जुलुस सम्पन्न भएको थियो । जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: