Loktantra Khabar National Weekly
Ad

कार्यसम्पादन मूल्यांकनमा सर्लाहीको बरहथवा नगरपालिका पहिलो भएपछि मेयर कटुवालद्धारा जनप्रतिनिधी तथा कर्मचारीलाई बधाई तथा आभार व्यतm

लोकतन्त्र खबर
४ फाल्गुन २०८२

बखतियार अलि–
सर्लाही ४ फागुन । कार्यसम्पादन मूल्यांकनमा सर्लाहीको बरहथवा नगरपालिका पहिलो भएपछि बरहथवा नगरपालिकाका नगरप्रमुख कल्पना कटुवालले पालिका सम्पुर्ण जनप्रतिनिधी सम्पुर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यतm गरेको छ ।

 

चौतर्फी रुपमा विपक्षीहरुबाट आक्रमण तथा दोषा रोपन भएपनि सबै जनप्रतिनिधीको समन्वय, सहकार्य र बरहथवा नगरपालिकाका जनताको अपनत्व तथा राष्ट्र सेवक कर्मचारीहरुको मेहनत र लगनले गर्दा देशभरमा सबैभन्दा बढी स्थानीय तह भएको सर्लाही जिल्लाका २० वटै स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा बरहथवा नगरपालिका जिल्लाकै पहिलो भएको बताउदै नगरप्रमुख कटुवालले सम्बन्धित सबैमा धन्यवाद तथा आभार व्यतm गरेको हो ।

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार बरहथवा नगरपालिका ६४.३९ अंक प्राप्त गरी कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै प्रथम बनेको छ । चन्द्रनगर गाउँपालिका जिल्लाकै सबै भन्दा अन्तिममा परेको छ ।

 

चन्द्रनगर गाउँपालिकाले सबै भन्दा कम अंक ३५.१६ प्राप्त गरेर अन्तिममा परेको छ । हरिवन नगरपालिकाले ६२.०२, हरिपुर नगरपालिकाले ६१.१९, कोडैना गाउँपालिकाले ५९.२०, बागमती नगरपालिकाले ५८.२१, लालबन्दी नगरपालिकाले ५७.२३, बिष्णु गाउँपालिकाले ५४.३५, धनकौल गाउँपालिकाले ५३.३७ र

 

चक्रघट्टा गाउँपालिकाले ५१.८१ अंक प्राप्त गरेका छन् । बलरा नगरपालिकाले ५०.२७, मलंगवा नगरपालिकाले ४९.२५, ईश्वरपुर नगरपालिकाले ४६.८३, पर्सा गाउँपालिकाले ४६.०८, बसबरिया गाउँपालिकाले ४५.६१, ब्रहम्पुरी गाउँपालिकाले ४४.५१, गोडैता नगरपालिकाले ४३.९६, हरिपूर्वा नगरपालिकाले ४२.८०, कविलासी नगरपालिकाले ४२.३६ र रामनगर गाउँपालिकाले ४०.५३ अंक प्राप्त गरेका हो ।

 

आयोगले स्थानीय तहका हकमा १७ सूचकमा मूल्यांकन गर्दै आएको छ । १० असार भित्र बजेट सार्वजनिक गर्नुपर्ने, असार मसान्त भित्र बजेट पास गर्नुपर्ने, आर्थिक वर्ष २०८१÷०८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने लगायतका विषयलाई मूल्यांकनको सूचकमा राखिएको छ । आर्थिक बर्षको बजेट प्रक्षेपण सहितका विवरण अर्थ मन्त्रालयमा बुझाएको, बजेट समिक्षा गरी कात्र्तिक मसान्त भित्र सार्वजनिक गरेकोे, राजस्व परिचालन, बजेट खर्चको अवस्था,

 

बेरुजु सुत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ चेक गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा, बालबालिकाको खोपको अनुपात आदीलाई आयोगले मूल्यांकनको आधार मानेर कार्य सम्पादन मुल्यांकन सार्वजनिक गरेको छ । जसमा सबै सुचांकमा बरहथवा नगरपालिकाले राम्रो अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: