Loktantra Khabar National Weekly
Ad

पत्रकार बन्दना झाले अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै मनाईन जन्मदिन

लोकतन्त्र खबर
४ फाल्गुन २०८२

मलंगवा – पत्रकार बन्दना झाले प्रादेशिक अस्पताल मलंगवाका बिरामिलाई फुलफुल वितरण गर्दै र वाल मन्दिरका बालबालीकालाई भोजन सेवा गर्दै आईतबार आफ्नो जन्मदिन मनाएकी छिन । हरेक वर्ष जन्मदिनलाई फरक ढंगले मनाउँदै आएकी झा यसपटक पनि सेवा नै उत्सवको मूल आधार बनाइन्। अस्पतालमा उपचाररत बिरामीसँग भेटघाट गर्दै उनले स्वास्थ्य लाभको कामना गरिन् भने बालबालिकासँग समय बिताउँदै भोजन सेवा प्रदान गरिन्। यसरी एकदिन भएपनि बिरामी र वालवालीकालाई सेवा गर्न पाउँदा आफुलाई खुसि लाग्ने उनले प्रतिकृया दिईन । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी उपाध्यक्ष रहेकी झा मधेश मिडिया काउन्सिल की सदस्यसमेत हुन् । सामाजिक उत्तरदायित्वप्रति सचेत पत्रकारका रूपमा उनले जन्मदिनलाई उत्सवभन्दा पनि सेवाको अवसरका रूपमा प्रस्तुत गरेकी छन् । सौजन्य धड्कन एफ.एम.

 

प्रतिक्रिया दिनुहोस्: