मलंगवा २८ माघ । सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफनो १२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा मलंगवा नगरपालिकाका उप प्रमुख सकुनतला देवी साह, प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, राष्ट्रिय योजना आयोगका पुर्ब सदस्य डा ।
अब्दुल रहिम मिकरानी, सहकारी डिभिजन कार्यालयका पुर्ब प्रमुख सुरेन्द्र लाल कर्ण, ब्यापारी संजय गुप्ता लगायत शेयर सदस्य, संस्थाका कर्मचारी र फिल्ड कर्याकर्ताहरूको साधारण सभामा सहभागीता रहेको थियो ।
वार्षिक साधारण सभाको उदघाटन नगर प्रमुख यादवले दिप प्रज्वलन गरि गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कामु प्रबन्धक हरिनारायण साहले गरेका थिए ।

