Loktantra Khabar National Weekly
Ad

टी–२० विश्वकप : नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो

लोकतन्त्र खबर
२८ माघ २०८२

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ । भारतको नयाँदिल्लीमा रहेको अरुण जेटली स्टेडियममा नामिबियाले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्ले १८ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका बास दी लीडले नटआउट ७२ रन बनाए । नामिबियाका बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पेलमान र जान निकोल लफ्टी–एटनले १÷१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । नामिबियाका जान निकोल लफ्टी–एटनले ४२ रन बनाए । नेदरल्यान्ड्सका लोगन भान वीक र बास दी लीडले २÷२ विकेट लिए । यो जीतसँगै नेदरल्यान्ड्स २ खेलमा २ अङ्कसहित समूह ‘ए’ को दोस्रो स्थानमा छ । नामिबियाको यो पहिलो खेल हो । टी–२० विश्वकपमा अहिले दिउँसो सवा ३ बजे समूह ‘डी’ का न्युजिल्यान्ड र यूएई तथा बेलुकी सवा ७ बजे समूह ‘ए’ का पाकिस्तान र अमेरिका खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: