Loktantra Khabar National Weekly
Ad

कांग्रेस सभापति गगन आज सर्लाही आउँदै

लोकतन्त्र खबर
२७ माघ २०८२

हरिवन, २६ माघ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज (सोमबार) सर्लाही आउँदै छन् । सर्लाही ४ नम्बर क्षेत्रमा उम्मेद्वारी दिएयता थापा दोस्रोपटक सर्लाही आउन लागेका हुन । सभापति थापा रातीसम्म सर्लाही आइपुग्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । सभापति थापा अहिले बिहान काठमाडौंबाट हवाइजाहाजमार्फत विराटनगर जाने र त्यहाँबाट स्थलमार्ग हुँदै विभिन्न जिल्लाका कार्यक्रमहरुमा सहभागि हुने बताइएको छ । यसअघि माघ १२ गते सर्लाही आएका थापा १६ गते साँझ जनकपुर हुँदै काठमाडौं फर्किएका थिए । यसबीचमा सभापति थापा काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँका कार्यक्रमहरुमा सम्बोधन गर्न पुगेका थिए । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: