सर्लाही २२ माघ । जिल्ला समन्वय समिति सर्लाहीले तिन दिने समिक्षा गोष्ठी सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति सर्लाहीले माघ २० गते मंगलवार देखि २२ गते बिहिवार सम्म जिल्लामा रहेका २० वटै स्थानीय तह, गैर सरकारी संस्था तथा पालिकामा रहेका कृषि शाखा, पशु शाखाका कर्मचारीहरु संग ३ दिने समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।
पहिलो दिन मंगलवार जिल्लाका २० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सुचना अधिकारी संग वार्षिक कार्य प्रगती, अनुभव, समस्या समाधानका उपायको विषयमा समिक्षा गोष्ठी सम्पन्न भएको जिल्ला समन्वय अधिकारी कमल बहादुर कार्कीले बताउनु भयो ।
देश भरिमा सर्लाहीमा मात्र यसतो कार्यक्रम हुने गरेको समन्वय अधिकारी कार्कीको भनाई छ । वार्षिक रुपमा भए गरेको काम र उपलब्धीका बारेमा समिक्षा भएपछि यसले अगामी दिनमा राम्रो प्रतिफल दिने उदेश्यका साथ जिससले यसतो खाले कार्यक्रम गर्दै आएको छ ।
राम्रो काम गर्ने सरकारी निकाय र कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने कार्यले गर्दा कर्मचारीको मनोबल बढने साथै अगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिलोस भनेर हामिले समिक्षा गोष्ठीलाई निरन्तरता दिएको जिसस प्रमुख कार्कीको भनाई छ ।
बुधवार २१ गते जिल्ला भरिमा रहेका गैर सरकारी संस्थाहरुको वार्षिक कार्य प्रगतीको बारेमा हामिले छलफल तथा विचार विमर्श गरेको जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र महतो कुशवाहाले बताउनु भयो । गैर सरकारी संस्थाहरु संग भएको समिक्षा गोष्ठी उपलब्धी मुलक रहेको उपप्रमुख कुशवाहाको भनाई छ ।
गैर सरकारी संस्थाले वार्षिक प्रगति तथा यस आर्थिक वर्षका कार्यक्रमहरुको वारेमा प्रस्तुती गर्नु भएको कार्यक्रममा स्थानीय तहका सामाजिक विकास शाखा प्रमुखहरुले स्थानीय तहसंग नीतिगत मात्र नभै कार्यगत समन्वयमा कार्य गर्न सवै गै.स.स. तथा कर्मचारीलाई उपप्रमुख कुशवाहाले आग्रह गर्नुभयो ।
२२ गते बिहिवार जिल्लामा रहेका स्थानीय तहका कृषि शाखा, पशु शाखा, कृषि ज्ञान केन्द्र र भेटेरीनरीहरु संगको समिक्षा बैठकमा प्राविधिक रुपमा कार्य गर्दा भोग्नु परेको समस्या र समाधानका उपायको बारेमा छलफल गरिएको जिसस प्रमुख कौशल सिंहले बताउनु भयो ।
वहाले समिक्षा गोष्ठीमा उठेका कुराहरुलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सदैव राम्रो काम गर्ने कर्मचारीहरुको साथमा रहेको बताउनु भयो । यस गोष्ठीबाट उठेका कुराहरुलाई प्रदेश सरकार तथा संघ सरकार सम्म पुर्याउन वहाले पहल गर्ने बताए । कृषि तथा पशुमा थोरै बजेट रहेकोले शतप्रतिशत चलाउन र बजेट फ्रिज नहुने गरि काम गर्न जिसस प्रमुख सिंहले कार्यक्रममा सहभागि सबैलाई आग्रह गर्नुभयो ।

