काठमाडौं : पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डाक्टर बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । उनको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले बताए । सौजन्य थाहा खबर
प्रतिक्रिया दिनुहोस्:

