Loktantra Khabar National Weekly
Ad

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट घुससहित तीन जना पक्राउ

लोकतन्त्र खबर
१९ माघ २०८२

सर्लाही – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीन जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई स्रोत नखुलेको रकम र ठूलो परिमाणमा मोबाइल फोनसहित नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार न्यौपानेसँगै सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट २ लाख ६८ हजार २८८ रुपैयाँ नगद र विभिन्न व्यक्तिबाट संकलन गरिएका २३ थान मोबाइल फोन बरामद गरिएको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: