लोकतन्त्र समाचारदाता–
सर्लाही १९ माघ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो चोटी आमाको नामबाट नेपाली नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नेपाली नागरिकता ऐन, २०६३ दोस्रो संसोधन र नागरिकता नियमावली २०६३ को चौंथो संसोधनको आधारमा बुबा विदेशी नागरिक तथा आमा नेपाली रहेको सर्लाहीको लालबन्दी नगरपालिका वार्ड नं. ७ बस्ने राम कुमारी साहको छोरा राम मनोहर गुप्तालाई नागरिकता प्रदान गरिएको जनाएको छ ।
नागरिकता प्राप्त गर्न धेरै संघर्ष गरेका थिए । आमाको नामबाट नागरिकता प्राप्त भएपछि आफुलाई धेरै खुसि लागेको गुप्ताले बताएको छ । प्रजिअ कडरियाले भने आमाको नामबाट नागरिकता प्राप्त गर्न एकदम सजिलो छ । कानुन अनुसार कागज पत्र दुरुस्त भएपछि आमाको नामबाट नागरिकता प्राप्त गर्न धेरै सजिलो रहेको वहाले बताए ।
जानकारीको आभावमा आमाको नामबाट नागकिता प्राप्त गर्न असजिलो भएको होला । यधपी कागज पत्र दुरुस्त भएको सेवाग्राहीले आमाको नामबाट नागरिकता प्राप्त गर्न कुनै समस्या नरहेको प्रजिअ कडरियाले प्रष्ट पारे ।
जिल्ला प्रशासन कार्यालयको ३७ वर्षको ईतिहासमा पहिलो चोटी यस कार्यालयबाट कुनै व्यतिmले आमाको नामबाट अंगिकृत नागरिकता पाएको छ । प्रजिअ कडरियाले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गुप्तालाई आफनै हाथबाट नागरिकता प्रदान गर्नुभयो । आमाको नामबाट नागरिकता प्राप्त गरेका गुप्ता धेरै उत्साहित भएका छन ।

