काठमाडौं, १५ माघ । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ । दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) पवनकुमार भट्टराईले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । आगो निभाउन दमकल प्रयोग गरिएको थियो । सौजन्य अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्:

